शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन सुरु

नागरिक पाटी

८, चैत्र २०७९
  • 3.8K
    SHARES
  • सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन सुरु

    काठमाडौं । सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७औं वार्षिक साधारण सभा बुधबार ललितपुरमा सुरु भएको छ।

    images
    images

    सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ।

    त्यस्तै, ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरूका सवाल र लैङ्गिक समावेशीकरण’ र ‘बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा अन्तरसंवाद गरिएको छ।

    छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए।

    साधारण सभाको बन्द सत्रमा बुधबार नै सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजङ्ग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक डा. भूमि चापागाईँले लेखा समितिको प्रतिवेदन पेस गरेका छन्।

    यसैबिच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७ सय ५३ वटै स्थानीय तहलाई आग्रह गरे।

    सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औं साधारण सभामा शुभकामना दिँदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताएका हुन्।

    सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १८:३९:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology