भारतको प्रतिष्ठित 2nd NIRI9 INTERNATIONAL FILM FESTIVAL मा मिडियाकर्मी बिष्णु ठकुरीको सर्ट फिल्म "द रुम" छनौट भएको छ । ३०० भन्दा बढि फिल्म, सर्ट फिल्म, वृत्तचित्रहरू प्रतिस्पर्धाको लागि आवेदन परेकोमा २० वटा रास्ट्रिय तथा अन्तरास्ट्रिय सर्ट फिल्म छनोटमा परेको हो । यस मध्येबाट नेपालबाट "द रुम" पनि छनोटमा पर्न सफल भएको छ । चलचित्र महोत्सव २५ र २६ मार्चमा कोलकातामा हुने छ । महोत्सवमा छनोट भएका चलचित्रहरु प्रर्दशन हुनेछ र २६ मार्चमा प्रर्दशन भएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाइ पुरस्कारको घोषणा गरिने बताईएको छ ।
उक्त चलचित्रमा छायांकन देखि चलचित्रको सम्पुर्ण काम पनि आफैले गरेको ठकुरीको दाबी छ । हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनाको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको ठकुरीले बताए ।
उनले उक्त लघु चलचित्रलाई बिभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सवहरुमा सहभागी गराइने बताए । उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाब आदि कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवाहरुलाइ आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ, आफ्नो क्षमता देखाउन सकिन्छ, राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो चलचित्र पुर्याउन सकिन्छ भन्ने हेतुले बनाइएको र युवाहरुलाइ प्रेरणाको स्रोत बन्न सक्ने पनि उनको भनाई छ ।
आशिष मिडिया नेटवर्कको प्रस्तुती तथा सहकार्यमा बनेको उक्त लघु चलचित्रका निर्माणकर्ता ठकुरीले विभिन्न चलचित्र, टेलिचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र बिज्ञापन जस्ता थुप्रै भिडियोहरुमा काम गरि सकेका छन् ।