सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सिटी होटलले आइपिओ निष्कासन गर्दै

सिटी होटलले आइपिओ निष्कासन गर्दै

नागरिक पाटी

१४, चैत्र २०७९
  • 3.5K
    SHARES
  • सिटी होटलले आइपिओ निष्कासन गर्दै

    काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो।

    images

    सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याएको छ।

    यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

    कम्पनीको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    यस्तै, सर्वसाधारण लगानीकर्ताले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ।

    दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मरो सेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ।

    यस आधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ।

    हायात प्लेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो।

    काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटलमा एक सय ५३ वटा कोठा छन्। कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागतको यो होटलमा २५ फेब्रुअरी २०२१ मा तीन अर्ब ५६ करोड ९० लाख रूपैयाँ लगानी भइसकेको छ।

    यो अवधिमा होटलले लिएको कर्जा दुई अर्ब ८४ करोड रकम कायम थियो। यो रकम होटलमा खर्च भइरहेको हो।

    होटल सन् २०२१ अगष्ट बाट सञ्चालनमा आउने भनिएकोमा केही ढिला हुन पुगेको थियो। तीन अर्ब १४ करोड ७० लाख रूपैयाँमा तयार हुने भनिएको यो होटलको सञ्चालन केही ढिलो हुँदा लागत बढेको हो। २१ जुनको विवरण अनुसार होटलको सञ्चालकमा शक्तिकुमार गोल्यान रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०९:४९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology