सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट

सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट

नागरिक पाटी

१७, चैत्र २०७९
  • 3.5K
    SHARES
  • सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो ।

    images

    कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो । उक्त आईपीओमा १४ लाख ४४ हजार ९७८ जना आवेदकबाट १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

    जसमध्ये विभिन्न कारणले आवेदन रद्द भएर १३ लाख ९३ हजार १५३ जनाको कुल १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सेयर माग गरेको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि निष्काशित ३५ लाख ८१ हजार ७६० कित्ता सेयरका लागि माग भन्दा अधिक सेयरको लागि आवेदन प्राप्त भएकोले जनाएको छ ।

    माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये जम्मा ३ लाख ५८ हजार १७६ जना आवेदकहरुलाई १० कित्ताको दरले आईपीओ बाँडफाँट भएको बिक्री प्रब्न्धकले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - १८:१३:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology