सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

नागरिक पाटी

१९, चैत्र २०७९
  • 3.0K
    SHARES
  • नेप्सेमा उच्च अङ्कको गिरावट

    यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ।

    images

    आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।

    आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५४ दशमलव ९९ र निजीवन बीमा समूहको उपसूचक ४७ दशमलव २४ अङ्कले घटेको छ । बैंकिङ समूह २३ दशमलव ८९, होटल तथा पर्यटन समूह १८ दशमलव ९१, जलविद्युत् समूह ४१ दशमलव ६८, लगानी समूह शून्य दशमलव ७४ र जीवन बीमा समूह ३६ दशमलव ७४ अङ्कले घटेको छ ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३५ दशमलव ७२, लघुवित्त समूह ३५ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०२ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६१ अङ्कले घटेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - १८:५९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology