सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो, ८१ करोड ६० लाख रुपैयाँमा कारोबार

शेयर बजार सामान्य बढ्यो, ८१ करोड ६० लाख रुपैयाँमा कारोबार

नागरिक पाटी

२२, चैत्र २०७९
  • 3.5K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो, ८१ करोड ६० लाख रुपैयाँमा कारोबार

    पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ ।

    images

    शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

    बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन । २ सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता शेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै कालीञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरको शेयर साढे चार प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - १५:५४:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology