सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा ८.२८ अंकको गिरावट

सेयर बजारमा ८.२८ अंकको गिरावट

नागरिक पाटी

२३, चैत्र २०७९
  • 2.6K
    SHARES
  • सेयर बजारमा ८.२८ अंकको गिरावट
    images

    हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ ।

    images

    बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार कित्ता शेयर ९२ करोड ६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १६:३२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology