सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

घट्यो सेयर बजार

घट्यो सेयर बजार

नागरिक पाटी

२६, चैत्र २०७९
  • 2.5K
    SHARES
  • घट्यो सेयर बजार
    images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अङ्कले घटेर ३४८.७९ विन्दुमा पुगेको छ। यसअघि बिहीबार कारोबारमा भने नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७७ विन्दुमा अडिएको थियो । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सूचकमा १५ कम्पनीमा वृद्धि भएको छ । २०१ कम्पनीमा ओरालो लागेको छ । कारोबारको आधारमा नविल बैंक र सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीहरुको ५ करोड ७८ लाखको कारोबार गरेको छ ।

    आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै हाइड्रोपावर सुचकको २.३५ प्रतिशतलेमूल्य घटेको छ । कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । यस कम्पनीले सर्वाधिक कमाएको छ। सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशतको सेयर कारोबार भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७९ आइतवार - १७:३४:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology