शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फ्राइडे रिलिज : हलमा तीन नेपाली फिल्म

फ्राइडे रिलिज : हलमा तीन नेपाली फिल्म

नागरिक पाटी

१, बैशाख २०८०
  • 3.4K
    SHARES
  • फ्राइडे रिलिज : हलमा तीन नेपाली फिल्म

    काठमाण्डौँ । आज नयाँ वर्षको अवसर पारेर तीन नेपाली फिल्म प्रदर्शन भएका छन्। "जारी, बिहे पास र बुलाकी" प्रदर्शन भएका हुन्। हलमा दयाहाङ राईको दुई फिल्म एकसाथ प्रदर्शनमा आएको छ। फिल्म ‘बिहे पास’ र ‘जारी’ मा उनको मुख्य भूमिका रहेको छ।

    लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्म ‘जारी’ मा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरूषले गर्नु परेको संघर्षलाई देखाइनेछ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।

    images
    images

    बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

    लिम्बु समुदायको जारी प्रथामा आधारित फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ। त्यस्तै लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ पनि जारी प्रथामा आधारित छ।

    टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ।

    फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।

    शिव ढकालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र निर्देशक सुनारले सम्पादन गरेका हुन्।

    प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ राई, प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ।

    रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्। शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - १२:०२:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology