सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार २ अङ्कले घट्यो

शेयर बजार २ अङ्कले घट्यो

नागरिक पाटी

२७, बैशाख २०८०
  • 2.2K
    SHARES
  • शेयर बजार २ अङ्कले घट्यो
    images

    दुई दिन घटेर हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज बुधवार फेरि ओरालो लागेको छ ।

    images

    शेयरबजार परिसूचक नेप्से आज दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।

    बजार घटेको दिन दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार कित्ता शेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज मन्दाकिनी हाइड्रो र जालपा सामुदायिक लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १९:१६:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology