सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार १७ अङ्कले घट्यो

शेयर बजार १७ अङ्कले घट्यो

नागरिक पाटी

३१, बैशाख २०८०
  • 2.4K
    SHARES
  • शेयर बजार १७ अङ्कले घट्यो
    images

    शेयर बजार झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ । गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो, त्यसपछि नेप्से एक हजार आठ सय ३० विन्दुभन्दा तल झरेको थिएन । तर आज आइतवार नेप्से १६ दशमलव ९५ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलव ६५ विन्दुमा झरेको छ ।

    images

    आज लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ६३ वटा कम्पनीको २७ लाख ८८ हजार कित्ता शेयर ९० करोड रुपैयाँमा कारोबार भएका छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरै तथा दोर्दी हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १७:५०:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology