आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नागरिक पाटी

२, जेठ २०८०
  • 3.6K
    SHARES
  • नेपालमा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार एक सय तीन जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यही अवधिमा २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १० जना आइसोलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    यस्तै २४ घण्टामा २० हजार नौ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १८:०६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology