सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ५१ अङ्कले बढ्यो, २ अर्ब २० करोड रुपैयाँको कारोबार

शेयर बजार ५१ अङ्कले बढ्यो, २ अर्ब २० करोड रुपैयाँको कारोबार

नागरिक पाटी

९, जेठ २०८०
  • 2.9K
    SHARES
  • शेयर बजार ५१ अङ्कले बढ्यो, २ अर्ब २० करोड रुपैयाँको कारोबार
    images

    लगातार छैटौँ दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।

    दुई सय ७१ वटा कम्पनीका ६० लाख ६७ हजार कित्ता शेयर दुई अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १७:३१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology