आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

नागरिक पाटी

११, जेठ २०८०
  • 3.1K
    SHARES
  • राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

    राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

    images

    ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । गुठी संस्थान कार्यालय ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन छ । लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेलमा पुर्‍याइएको थियो ।

    सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

    मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । सोहीअनुसार बिहीबार भोटो देखाइएको हो । अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्‍याइन्छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १७:४९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology