सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज १७ अङ्कले घट्यो

शेयर बजार आज १७ अङ्कले घट्यो

नागरिक पाटी

२२, जेठ २०८०
  • 3.9K
    SHARES
  • शेयर बजार आज १७ अङ्कले घट्यो
    images

    शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय एक दशमलव ९९ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७७ वटा कम्पनीका ५६ लाख २० हजार कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर साढे चार प्रतिशत तथा जोशी हाइड्रो, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त र वरुण हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज रिभर फल्स पावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १७:००:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology