धादिङ । धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नम्वर ७ डुक्राङमा आज विशेष सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको छ ।
लालिगुरास सामुदायिक विकास समुहको अगुवाइमा भएको सरसफाइ अभियानमा बेनिघाट रोराङ गाउँपालिका प्रमुख कृष्ण बहादुर थपलिया, वडा ७ का वडा सदस्य बाबुलाल चेपाङ नेकपा एमाले वडा ७ का पार्टी अध्यक्ष नबिन थपलिया, नेकपा माओबादी केन्द्र वडा ७ को अध्यक्ष पवन थपलिया, शान्ति नेपालको एकीकृत सामुदायिक पोषण तथा खाद्यसुरक्षा परियोजना संयोजक लाल प्रसाद पोखरेल, खानेपानी बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेती लगायत विभिन्न सङ्घ सस्थाका प्रतिनिधि र स्थानिय समुदायको सहभागिता रहेको थियो ।
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरीएको सरसफाइ अभियानमा अति विपन्न इन्द्र बहादुर चेपाङको शौचालय समुदायको जनश्रमदानमा निर्माण गरिएको छ । समुदायमा सरसफाइ र स्वच्छता प्रबर्धनका साथै समुदायको जनचेतना वृद्दीका लागि सरसफाइ अभियान सन्चालन गरेको हो । सरसफाई र स्वच्छताको हिसाबले जोखिम बस्तिहरुमा सरसफाइ अभियान निरन्तर रुपमा सन्चालन गर्न आवश्यक रहेकोले स्थानिय समुदायको भनाइ छ ।
बेनिघाट रोराङ गाउँपालिका, बेनिघाट रोराङ ग्रामीण खानेपानी ब्यबस्थापन बोर्ड र शान्ती नेपालको संयुक्त आयोजना तथा लालिगुरास सामुदायिक बिकास समुहको साझेदारीमा भएको सरसफाइ अभियानमा डुक्राङ र नौमोरे बस्तिका ६१ जनाको सहभागिता रहेको थियो ।