सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

२४, जेठ २०८०
  • 2.9K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो
    images

    शेयर बजार आज बुधवार सामान्य बढेको छ । हिजो मङ्गलवार २५ दशमलव ६६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ अङ्कमा पुगेको छ ।

    images

    आज व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्युटी फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १८:५५:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology