सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

नागरिक पाटी

२५, जेठ २०८०
  • 3.3K
    SHARES
  • नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो
    images

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।

    images

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

    कूल ५९ लाख ६२ हजार ९३ कित्ता शेयर रु दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौ सय ३१ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड २६ लाख ८७ हजार सात सय १३ बराबरको शेयर खरिद बिक्री भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - २०:३८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology