सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ४० अङ्कले बढ्यो

शेयर बजार ४० अङ्कले बढ्यो

नागरिक पाटी

२८, जेठ २०८०
  • 3.0K
    SHARES
  • शेयर बजार ४० अङ्कले बढ्यो
    images

    हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ४० दशमलव ४८ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव ०९ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, विकास बैंक, लगानी र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ । आज दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    बजार उकालो लागेको दिन भुगोल इनर्जी र सीटी होटलको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तसहित छ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १८:२३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology