सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

२९, जेठ २०८०
  • 3.4K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो
    images

    आज शेयर बजार दिनभरिको उतारचढाव पछि कारोबार बन्द हुने बेलामा सामान्य बढेको छ ।

    images

    हिजो ४० अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज ७ दशमलव ७९ अङ्कले बढेर १ हजार ९८७ दशमलव ८७ बिन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । विकास बैंक र फाइनान्स समूहको शेयर दोहोरो अङ्कले घटेको छ । आज कारोबार रकम पनि हिजोको भन्दा घटेको छ ।

    हिजो झण्डै साढे तीन अर्बको कारोबार भएकोमा आज दुई सय ८५ वटा कम्पनीका ७४ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज अभियान लघुवित्त, कालीञ्चोक दर्शन र भूगोल इनर्जीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज प्रभु स्मार्ट फण्डको शेयर १० प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १८:५१:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology