सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

नागरिक पाटी

६, आषाढ २०८०
  • 3.1K
    SHARES
  • दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
    images

    लगातार तेस्रो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १४ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ ।

    images

    आज होटल, जीवन बिमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । हिजो मङ्गलवार चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७१ वटा कम्पनीका ८६ लाख ५१ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २३ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनीको शेयर आठ प्रतिशत तथा मेन्छियाम हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटी होटलको शेयर १० प्रतिशत तथा सोल्टी होटलको शेयर साढे सात प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - १८:५६:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology