सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य घट्यो, ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार

शेयर बजार सामान्य घट्यो, ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार

नागरिक पाटी

२५, आषाढ २०८०
  • 3.5K
    SHARES
  • शेयर बजार सामान्य घट्यो, ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार
    images

    हिजो आइतवार २८ अङ्कले बढेको शेयर बजार आज सोमवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८० अङ्कले घटेर दुई हजार ७६ दशमलव ९६ विन्दुमा झरेको छ ।

    images

    आज फाइनान्स, लगानी, म्युचल फन्ड, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज दुई सय ९३ वटा कम्पनीको एक करोड ११ लाख कित्ता शेयर तीन अर्ब ७९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै हिमालयन हाइड्रो र सिटी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि रावा इनर्जीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १८:४३:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology