धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ मा रहेको सक्सेस एकेडेमीका निरज घिमिरेले गाउँपालिकाबाट एसईई दिने विद्यार्थीहरु मध्य उत्कृष्ट नतिजा प्राप्त गरेका छन।
सक्सेसबाट परिक्षामा सहभागी २९ जना विद्यार्थी मध्य घिमिरेले ३.८५ जि.पि.ए प्राप्त गरेका छन । भने १२ जना विद्यार्थीहरुल ३.५० भन्दाबढी जि.पि.ए ल्याएका छन्। त्यसै गरी ९ जनाले ३.२० भन्दाबढी जि.पि.ए, ६ जनाले ३.०० भन्दाबढी जि.पि.ए प्राप्त गर्दा ३ जनाको २.८ भन्दाबढी जि.पि.ए ल्याएका छन्।
विद्यालयले उच्च जि.पि.ए लाई मात्र प्राथमिकता नदिई समग्र पक्षमा क्षमतावान विद्यार्थी उत्पादन गरिरहेको विद्यालय प्रसाशनले बताएको छ ।