आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आईएमई लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड

आईएमई लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड

नागरिक पाटी

३०, आषाढ २०८०
  • 4.3K
    SHARES
  • आईएमई लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २१ गतेबाट असार २५ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड भएको छ। मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल ११ लाख ९५ हजार ९ सय ३२ जना आवेदन मध्ये योग्य आवेदक ११ लाख ८८ हजार ९ सय ९६ जनाले आवेदन दिएकोमा २ लाख २८ हजार ९ सय ९६ जना आवेदकको हात खाली भएको छ।

    images

    बाँकी आवेदकमा ९ लाख ६० हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। इन्स्योरेन्सको आइपिओमा १ करोड ४३ लाख ७२ हजार ५ सय ७० कित्ताको लागि कुल रु १.४३ अर्ब बराबरको योग्य आवेदन परेको थियो।

    आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०८० शनिवार - १२:१२:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology