सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

चौथो दिन पनि लगातार बढ्यो शेयर बजार

चौथो दिन पनि लगातार बढ्यो शेयर बजार

नागरिक पाटी

२, श्रावण २०८०
  • 3.1K
    SHARES
  • चौथो दिन पनि लगातार बढ्यो शेयर बजार
    images

    लगातार चौथो दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९१ अङ्कले बढेर दुई हजार एक सय ५४ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

    images

    आज बैंकिङ, लगानी, बीमा, उत्पादन, लघुवित्त र अन्य समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    बजार बढेकाे दिन दुई सय ५५ वटा कम्पनीका ८६ लाख ७६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५६ हजार चार सय पटक भएको कारोबारमा तीन अर्ब ५४ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै स्वालम्बन लघुवित्त कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १८:१२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology