सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ खुला

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ खुला

नागरिक पाटी

४, श्रावण २०८०
  • 2.9K
    SHARES
  • हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ खुला
    images

    काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५० प्रतिशत का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ ।

    images

    यसमध्ये हाथवेले पहिलो चरणमा बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो। साथै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुररिक्षत गरिएको छ । बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

    यसमा प्रतिकित्ता ५० रुपैयाँका दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम म्याद साउन १८ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

    यसमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले सेयर बजार, रियल स्टेटलगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १२:३४:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology