सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने

नागरिक पाटी

४, श्रावण २०८०
  • 3.3K
    SHARES
  • सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने
    images

    काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न लागेको छ ।

    images

    जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्तको लागि भएको सम्झौतामा सूर्योदय वोमी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको हुन् ।

    लघुवित्तले ११ औं वार्षिक साधारणसभाले निर्णय गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०.३ प्रतिशत ६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४ प्रतिशत छ । लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्‍याउनको लागि एफपीओ जारी गर्न लागेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १२:३६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology