सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल

मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल

नागरिक पाटी

७, श्रावण २०८०
  • 3.7K
    SHARES
  • मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल
    images

    काठमाडौं। साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि चार अर्ब नाघेको छ । मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल आएको छ ।

    images

    आइतबार नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १ करोड २० लाख कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३७ करोड ५१ लाख ९६ हजारको कारोबार भएको छ ।नेप्से उच्च अंकले बढेसँगै सबै उपसूचकमा हरियाली छाएको छ । आज सर्वाधिक बैंकिङ उपसूचक र विकास बैंक सूचांक क्रमशः ४.९८ र ४.७८ प्रतिशतले बढेको छ ।

    त्यस्तै ट्रेडिङ उपसूचक ४.१० प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट उपसूचक र होटल तथा पर्यटन उपसूचक क्रमशः ३.४६ र ३.०५ प्रतिशतले बढेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १७:०२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology