सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार घटेर राताम्मे,साढे २ अर्ब रुपैयाँको कारोबार

शेयर बजार घटेर राताम्मे,साढे २ अर्ब रुपैयाँको कारोबार

नागरिक पाटी

१४, श्रावण २०८०
  • 3.0K
    SHARES
  • शेयर बजार घटेर राताम्मे,साढे २ अर्ब रुपैयाँको कारोबार
    images

    लगातार पाँचौँ दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार परिसूचक नेप्से २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ ।

    images

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज पिपुल्स पावर कम्पनीको शेयर साढे तीन प्रतिशत र सुपर माई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

    आज ६८ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - १६:४६:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology