सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सन नेपालको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउने

सन नेपालको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउने

नागरिक पाटी

३२, श्रावण २०८०
  • 3.1K
    SHARES
  • सन नेपालको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउने
    images

    सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ बाँडफाँड गरेपश्चात् इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो ।

    images

    इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतले हुने आउने ९६ लाख कित्ता सेयर मध्ये ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।

    कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित गरि बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    सो आईपीओमा लगानीकर्ताले आज साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १४ गतेसम्म लम्बिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    हाल इन्स्योन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं नगरपालिका वडा नम्बर २९ सिम्खडा–प्लाजा पुतलीसडक काठमाण्डौमा रहेको छ । कम्पनीले हालसम्म २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०८० बिहिवार - १२:१९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology