सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

माण्डु हाइड्रोपावरको प्रिमियम आईपीओ बिक्री खुला

माण्डु हाइड्रोपावरको प्रिमियम आईपीओ बिक्री खुला

नागरिक पाटी

१०, भाद्र २०८०
  • 5.4K
    SHARES
  • माण्डु हाइड्रोपावरको प्रिमियम आईपीओ बिक्री खुला
    images

    काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) आइतबारदेखि निश्कासन भएको छ । कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो ।

    images

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । भदौं ११ गतेबाट निश्कासन भएको आईपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको कम्पनीले जनाएको छ । आईपीओबाट जम्मा भएको रकमले ऋण तिर्ने कम्पनीले अर्थ कागजलाई जनाएको छ ।

    कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

    कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट समेत गरिसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १३:५१:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology