सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बभन्दा मुनि

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बभन्दा मुनि

नागरिक पाटी

११, भाद्र २०८०
  • 3.8K
    SHARES
  • नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बभन्दा मुनि
    images

    शेयर बजार आज सोमवार सामान्य बढेको छ । हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नौ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

    images

    आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम तीन महिनायताकै कम भएको छ । गएको जेठ ११ गते यता आज पहिलो पटक शेयर बजारको कारोबार एक अर्ब रुपैयाँभन्दा कममा सीमित भएको हो । ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १६:०३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology