सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार झन्डै ३० अङ्कले घट्यो

शेयर बजार झन्डै ३० अङ्कले घट्यो

नागरिक पाटी

१७, भाद्र २०८०
  • 4.4K
    SHARES
  • शेयर बजार झन्डै ३० अङ्कले घट्यो
    images

    हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३० अङ्कले घटेको छ । आज आइतवार नेप्से २९ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ७८ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा होटल, पर्यटन, जलविद्युत्, बीमा लगायतका समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज लिबर्टी इनर्जी र सिटी होटलको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । यसअघि बुधवार एक अर्ब १३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज दुई सय ७६ वटा कम्पनीका ४० लाख ५३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - १९:२३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology