शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै

नागरिक पाटी

२२, भाद्र २०८०
  • 3.5K
    SHARES
  • आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ ।

    images
    images

    यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।

    नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।

    सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो । राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०९:०५:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology