शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्याब्सन धादिङको आयोजनामा ब्लुमिङ लोटस स्कुलमा एकल गायन प्रतियोगिता सम्पन्न

प्याब्सन धादिङको आयोजनामा ब्लुमिङ लोटस स्कुलमा एकल गायन प्रतियोगिता सम्पन्न

शिवराज आचार्य

२९, भाद्र २०८०
  • 7.5K
    SHARES
  • प्याब्सन धादिङको आयोजनामा ब्लुमिङ लोटस स्कुलमा एकल गायन प्रतियोगिता सम्पन्न

    धार्के, धादिङ। धादिङको थाक्रे ८ धार्केमा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयमा आज एकल गायन प्रतियोगिता सम्पन्न भएको छ।

    images
    images

    377116193_1671642693322428_2217756349318816843_n.jpg

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन धादिङको आयोजनामा एकल गायन प्रतियोगिता आयोजना गरिएको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयका प्रिन्सिपल सञ्जीव गजुरेलले बताए । प्याब्सन धादिङमा आबद्ध रहेको १२ वटा विभिन्न विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले कार्यक्रममा सहभागीता जनाएको प्रिन्सिपल गजुरेलले बताए।

    कार्यक्रममा छात्र तर्फ एडभान्स एकेडेमीका विद्यार्थी प्रथम,द राईजिङ भिलेज एकेडेमीका विद्यार्थी द्धितिय,श्री बेनि सदनका विद्यार्थी तृतिय र सक्सेस एकेडेमीका विद्यार्थी सान्त्वना भएका छन्।

    त्यसै गरी छात्रा तर्फ मुनाल एकेडेमीका विद्याथी प्रथम,धुनिबेशी आवसिय माविका विद्यार्थी द्धितिय, शान्ति दिप एकेडेमीका विद्यार्थी तृतिय र सक्सेस एकेडेमीका विद्यार्थी सान्त्वना भएका छन्।

    nn.jpg

    त्यसै गरी एकल गायन प्रतियोगितामा अन्तिम नतिजाका आधारमा मुनाल एकेडेमी प्रथम, द राईजिङ भिलेज एकेडेमी द्धितिय, एडभान्स एकेडेमी तृतिय र शान्ति दिप एकेडेमीले सान्त्यना स्थान हाँसिल गरेका छन्। कार्यक्रममा ब्लुमिङ लोटस विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा तीज विशेष कार्यक्रम समेत गरेको छ ।

    377092054_323920450164521_3340909262038559160_n.jpg

    कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,उपाध्यक्ष यन्त्र बहादुर थापा(जिन्दगी) विभिन्न वडाका वडा अध्यक्षहरु, प्याब्सन धादिङमा आबद्ध रहेका विद्यालयका प्रमुख तथा प्रतिनिधि शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १९:२०:५६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology