धार्के। "बालबालिकामा लगानी : सुनिस्चित भविष्यको थालनी" भन्ने नाराको साथमा ५९ भएको औं राष्ट्रिय बाल दिवसको अवसरमा गल्छी गाउँपालिका शिक्षा,युवा तथा खेलखुद शाखाद्धारा गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न छ।
समृद्ध नेपाल निर्माणमा विद्यालय शिक्षाको भूमिका भन्ने विषयमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयहरुको सहभागिता रहेको गल्छी पालिकाले बताएको छ।
वक्तृत्वकला प्रतियोगितामा गल्छी ४ मा रहेको जन कल्याण माध्यमिक विद्यालयका समृद्धि दाहाल प्रथम, गल्छी ६ मा रहेको द राईजिङ भिलेज एकेडेमीका विवेक थापा द्धितिय र गल्छी ६ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयका रोशनी वाग्ले तृतिय भएको पालिकाले बताएको छ ।