सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा ४२ अंकको गिरावट

नेप्सेमा ४२ अंकको गिरावट

नागरिक पाटी

३१, भाद्र २०८०
  • 4.8K
    SHARES
  • नेप्सेमा ४२ अंकको गिरावट
    images

    काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।

    images

    आज नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो । नेप्सेमा सेयर बेच्नेहरुको घुँईचो लाग्दा परिसूचक उच्च अंकले घटेको हो । परिसूचक ४२ अंकले घट्दा आज २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको ५६ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ ।

    परिसूचक घटेपनि ११ कम्पनीको सेयर मूल्य बढेको छ । यसमध्ये शुभव पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । यसबाहेक, २१३ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९।२ञ्१ प्रतिशतले घटेको छ ।

    परिसूचकमा उच्च अंकको गिरावट आउँदा कारोबार भएका सबै १३ वटै समूहमा गिरावट देखिएको छ । यसमध्ये आज जीवन बीमा समूहको सूचक ३२७ अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सूचक २७७ अंकले घटेको छ । यस्तै, होटल र टुरिजम समूहको सूचक १८५ अंकले घट्दा व्यापार समूहको सूचक १०३ अंक र विकास बैंक समूहको सूचक ९८ अंकले घटेको छ ।

    गत साताको बुधबार ३९ अंकले बढ्दै परिसूचक २००७ अंकमा पुगेको थियो । आज ४२ अंकले घटेसँगै परिसूचक पुनः १९ सय अंकमा आएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबारको तुलनामा ५१ करोडले कम हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १५:४३:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology