सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा उत्साहजनक वृद्धि

नेप्सेमा उत्साहजनक वृद्धि

नागरिक पाटी

४, आश्विन २०८०
  • 4.7K
    SHARES
  • नेप्सेमा उत्साहजनक वृद्धि
    images

    काठमाडौँ । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.३४ अंकले बढेको छ । कारोबार समयदेखि नै निरन्तर बढेको नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर बन्द भएको हो । यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर कायम छ ।

    images

    १९ सय ८८ बाट सुरु भएको नेप्से परिसूचक ४४ अंकले बढेपछि २०२९ पुगेर रोकिएको छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।

    परिसूचकमा उत्साहजनक वृद्धि आउँदा १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसमध्ये ४ कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले नै बढेको छ ।

    आज सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको २० करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

    यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर ७ लाख २९ कित्ता सेयर किनबेच भएको छ भने सन नेपाललाईफको सेयर ३२ हजार पटक किनबेच भएको नेप्सेले जनाएको छ । परिसूचक बढ्दा सबैजसो समूहमा उत्साहजनक वृद्धि देखिएको छ । जसमध्ये आज निर्जीवन बीमा समूहको सूचक १८६ अंकले बढ्दा जीवन बीमा समूहको सूचक १८० अंकले बढेको छ ।

    यस्तै, विकास बैंक समूहको सूचक १४२ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक १४७ अंकले बढेको छ । यसबोहक जलविद्युत समूहको सूचकमा १०९ अंक, लघुवित्त समूहको सूचक ८२ अंक र वित्त समूहको सूचक ७५ अंकले बढेको छ । यसबाहेक अन्य समूहमा समेत उत्साहजनक सुधार देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १७:४६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology