शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

नागरिक पाटी

५, आश्विन २०८०
  • 6.6K
    SHARES
  • खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

    खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

    images
    images

    बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षबीच आज हस्ताक्षर भएको हो । समझदारीपत्रमा खानीखोला हाइड्रोपावरका तर्फबाट सीईओ भरत लामिछाने थापा र क्यापिटलका तर्फबाट सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    यो समझदारीसँग सिटिजन्स क्यापिटलले खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा रुपमा काम गर्नेछ । खानीखोला हाइड्रोपावरले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ ।

    बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगबाट सहमति लिई कम्पनीले हकप्रद ल्याउने अजेन्ड स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गरी पारित गर्नेछ ।

    यो कम्पनीको ललितपुरमा टुगुंन–ठोस्ने र खानी खोला जलविद्युत आयोजना क्रमशः ४.३६ मेगावाट र २ मेगावाट क्षमताको सञ्चालनमा छन् । यसले २०७३ मंसिरबाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १७:३३:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology