सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । असोज १४ गतेदेखि निष्काशन गरेको आइपीओमा कम्पनीले बुधबार म्याद थपेर भदौ २८ गतेसम्म आवेदन दिन पाइने सूचना निकाले पनि पर्याप्त आवेदन परेको भन्दै आज निष्काशन बन्द गर्न लागेको हो ।
कम्पनीको आइपीओमा २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज १७ गते मंगलबार साँझ ५ः०७ बजेसम्ममा ९ लाख ८६ हजार ७५० वटा आवेदन मार्फत १ करोड १७ लाख ५२ हजार २९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको थियो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।