आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

माथिल्लो मैलुङको आइपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

माथिल्लो मैलुङको आइपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

नागरिक पाटी

१८, आश्विन २०८०
  • 3.3K
    SHARES
  • माथिल्लो मैलुङको आइपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

    माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबार देखि सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरे पश्चात् सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

    images

    कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाडँफाँड गरिसकेको छ । त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।

    यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असोज १८ गतेदेखि २२ गतेभित्र आवेदन दिनुपर्नेछ भने उक्त समयमा सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि कात्तिक २ गतेसम्म लक्बिने छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ११:४५:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology