सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

नागरिक पाटी

१८, आश्विन २०८०
  • 3.0K
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से
    images

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो ।

    images

    आज सेन्सेटिभ इन्डेक्स समेत १.५३ अंकले घटेर ३७३.३७ अंकमा झरेको नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ । कारोबार रकम समेत घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १७:१८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology