सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट

सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट

नागरिक पाटी

२४, आश्विन २०८०
  • 3.8K
    SHARES
  • सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट
    images

    काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज १४ गतेदेखि प्रतिकित्ता २३७.५८ रुपैयाँ अंकित सर्वसाधारणका लागि जारी गरेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बुधबार बाँडफाँड भएको हो ।

    images

    गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको कम्पनीले जनाएको छ ।

    १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।

    कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७।५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

    यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर समेत थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - ११:३९:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology