सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा २० अंकको गिरावट

शेयर बजारमा २० अंकको गिरावट

नागरिक पाटी

२५, आश्विन २०८०
  • 3.1K
    SHARES
  • शेयर बजारमा २० अंकको गिरावट
    images

    साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सामान्य अंकले बढेको नेप्से बिहीबार भने २० अंकले घट्दै १८ सय ७४ अंकमा आएको हो । बिहीबार कारोबारमा आएका २ सय १० कम्पनीको शेयर मूल्य घट्दा २३ वटा कम्पनीको मूल्य भने बढेको छ । २ सय ९२ कम्पनीको ७५ लाख ५८ हजार कित्ता शेयर १ अर्ब ७० करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

    images


    बिहीबार कारोबारमा आएका म्युचल फण्ड बाहेक अरु सबै उपसमूहमा गिरावट आयो । बिहीबार सबैभन्दा धेरै होटल तथा टुरिजम उपसमूहमा ३ प्रतिशतको गिरावट आयो भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूह १ प्रतिशतले घटेका छन् ।

    आजैदेखि कारोबारमा आएका भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने हाथवे इन्भेष्टमेन्ट, एनआइविल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्रि हाइड्रोपावर लिमिटेडको पनि शेयरमूल्य पनि ९ प्रतिशत बढीले बढ्यो । सिटी होटलको शेयर मूल्य ९ प्रतिशतले घटेको छ ।

    बिहीबार लक्ष्मि सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक धेरै १६ करोड माथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १७:३५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology