सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शिवम् होल्डिङग्सले आईपीओ जारी गर्ने

शिवम् होल्डिङग्सले आईपीओ जारी गर्ने

नागरिक पाटी

३०, आश्विन २०८०
  • 3.4K
    SHARES
  • शिवम् होल्डिङग्सले आईपीओ जारी गर्ने
    images

    शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कास सम्बन्धी प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    images

    सभा कात्तिक २२ गते कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि १ करोड १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आगामी दिनमा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि कम्पनीले सभामार्फत गराउनेछ ।

    गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ३६ करोड रूपैयाँको आधारमा ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । हाल सञ्चालकको संख्या ७ जना रहेकोमा सोलाई घटाई ५ जना कायम गर्ने निर्णय पनि सभाले गर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ११:४५:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology