सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार २८ अङ्कले घटेर राताम्मे

शेयर बजार २८ अङ्कले घटेर राताम्मे

नागरिक पाटी

१२, कार्तिक २०८०
  • 3.5K
    SHARES
  • शेयर बजार २८ अङ्कले घटेर राताम्मे
    images

    काठमाण्डौ । शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ ।

    images

    आज जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर नौ प्रतिशत र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ ।

    आज २७ लाख १२ हजार कित्ता शेयर ७४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको चार करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १७:०५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology