सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सर्वोत्तम सिमेन्टको आईपीओ मंसिर ६ गतेदेखि निष्कासन गरिने

सर्वोत्तम सिमेन्टको आईपीओ मंसिर ६ गतेदेखि निष्कासन गरिने

नागरिक पाटी

१७, कार्तिक २०८०
  • 3.1K
    SHARES
  • सर्वोत्तम सिमेन्टको आईपीओ मंसिर ६ गतेदेखि निष्कासन गरिने
    images

    बुक बिल्डिङ्ग विधिमार्फत पहिलो पटक सर्वोत्तम सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रूपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेकोे हो ।

    images

    कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न लागिएको हो । यो शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रूपैयाँदेखि ६०१ रूपैयाँ ५० पैसा तोकिएको छ ।

    तोकिएको मूल्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तामा यी शेयर बोलकबोल मार्फत विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री पछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ । योग्य संस्थागत लगानीकर्ताहरूले मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्कासित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गर्नुपर्नेछ ।

    कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिनेछैन् ।
    संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँटपछि बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।

    कम्पनीको आईपीओ निष्कासनमा लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले वित्तीय दायित्व बहन गर्ने मध्यम स्तरको क्षमता रहेको संकेत गर्दछ ।

    यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं। ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १०:४२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology