सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार १ अङ्कले बढ्यो

शेयर बजार १ अङ्कले बढ्यो

नागरिक पाटी

४, मंसिर २०८०
  • 3.4K
    SHARES
  • शेयर बजार १ अङ्कले बढ्यो
    images

     शेयर बजार आज सोमवार एक अङ्कले बढेको छ । तिहार र अन्य बिदाका कारण गएको कात्तिक २३ गतेपछि आज खुलेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।

    images

    आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्यबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

    आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १७:२६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology