सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

नागरिक पाटी

५, मंसिर २०८०
  • 2.6K
    SHARES
  • भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट
    images

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाडफाँट गरेको छ । मंगलबार बिहान विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।

    images

    कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ २ लाख ७ हजार ५२८ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । साथै पाँच जनालाई ११ कित्ता परेको छ । ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ।

    कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ११:४५:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology