सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेपाल वेयर हाउजिङको आईपीओ खुला

नेपाल वेयर हाउजिङको आईपीओ खुला

नागरिक पाटी

१०, मंसिर २०८०
  • 1.9K
    SHARES
  • नेपाल वेयर हाउजिङको आईपीओ खुला
    images

    नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

    images

    उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नपरे मंसिर २४ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले ‘आईआरएन डबल बी’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - ०९:१३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology